location_onतारकेश्वर-५, कल्लेरीडाँडा, नुवाकोट, नेपाल (साविक गोस्र्याङ-४)
verifiedस्थापना: वि.सं. २०६१ (Estd. 2004)
असहाय जेहेन्दार तथा जनजातिका लागि शिक्षा
असहाय जेहेन्दार तथा जनजातिका लागि शिक्षा
Nuwakot Educational Support Activity Slide 1
Nuwakot Educational Support Activity Slide 2
Nuwakot Educational Support Activity Slide 3
Nuwakot Educational Support Activity Slide 4
Nuwakot Educational Support Activity Slide 5
verifiedतारकेश्वर-५, कल्लेरीडाँडा, नुवाकोट • विशुद्ध सामाजिक सेवा

नुवाकोटका असहाय, जेहेन्दार तथा अवसरबाट वञ्चित बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको अवसर

तारकेश्वर-५, कल्लेरीडाँडा, नुवाकोटमा अवस्थित यस गैर-नाफामूलक सामाजिक संस्थाले विकट ग्रामीण क्षेत्रका असहाय, विपन्न, अपाङ्गता भएका तथा जनजातिका बालबालिकालाई छात्रवृत्ति, पोशाक, शैक्षिक सामग्री तथा पुनर्वास सहयोग पुर्‍याउँदै आएको छ।

workspace_premiumस्तम्भ १

छात्रवृत्ति, पोसाक तथा शैक्षिक सामग्री सहायता

स्थापना काल (२०६१) देखि नै असहाय, टुहुरा, जेहेन्दार तथा अपाङ्गता भएका बालबालिकाहरूलाई न्यानो पोसाक, पाठ्यपुस्तक, झोला, जुत्ता, परीक्षा शुल्क र निरन्तर छात्रवृत्ति प्रदान।

computerस्तम्भ २

विद्यालय प्रविधि, कम्प्युटर ल्याब र ई-पुस्तकालय

गाउँका सामुदायिक विद्यालय र क्याम्पसहरूमा कम्प्युटर, प्रिन्टर, शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण, र गुणस्तरीय शिक्षाका लागि ई-लाइब्रेरी (E-Library) स्थापना र सञ्चालन।

home_healthस्तम्भ ३

पुनर्वास, अपाङ्गता हेरचाह र सीप विकास तालिम

असहाय र अपाङ्गता भएका बालबालिकाका लागि आवास, हेरचाह र पुनर्वास प्रबन्ध, ज्येष्ठ नागरिक सम्मान, स्वास्थ्य शिविर, तथा आत्मनिर्भरताका लागि सीपमूलक तालिम सञ्चालन।

संस्थाका प्रमुख कार्य उद्देश्यहरू

तारकेश्वर गाउँपालिका क्षेत्रमा संस्था दर्ता विधान अनुसार बालबालिका तथा समाजका लागि निर्धारित ७ मुख्य वैधानिक उद्देश्यहरू:

Main Assembly
१४ औं वार्षिक साधारण सभा (2074)
School Speech
Village Women
तारकेश्वर-५, कल्लेरीडाँडा नुवाकोट क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरूको झलक।

असहाय तथा जनजाति बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँच

अतिकमजोर आर्थिक अवस्था र विकट गाउँका असहाय, टुहुरा तथा आदिवासी जनजातिका बालबालिकालाई नियमित विद्यालय शिक्षा सुनिश्चित गर्ने।

विपन्न वर्गका विद्यार्थीका लागि प्रत्यक्ष छात्रवृत्ति र पोशाक सहायता

वार्षिक रूपमा जेहेन्दार तथा विपन्न विद्यार्थी छनोट गरी न्यानो पोसाक, पाठ्यपुस्तक, कापी, कलम तथा परीक्षा शुल्कको पूर्ण व्यवस्थापन गर्ने।

शैक्षिक वातावरण, पुस्तक तथा प्रविधिजन्य सहायता

सामुदायिक विद्यालयहरूमा पुस्तकालय स्थापना, कम्प्युटर ल्याब तथा बालमैत्री सिकाइ वातावरण निर्माणमा आवश्यक स्रोत साधन उपलब्ध गराउने।

अपाङ्गता र अनाथ बालबालिकाका लागि विशेष संरक्षण तथा पुनर्वास

शारीरिक वा मानसिक अपाङ्गता भएका बालबालिकाहरूलाई छात्रवृत्ति, सहायक सामग्री तथा निःशुल्क आवास सुविधा प्रदान गर्न पहल गर्ने।

जनचेतना, अभिभावक गोष्ठी र बाल अधिकार संरक्षण

बालश्रम तथा बालविवाह अन्त्यका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै अभिभावकहरूलाई शिक्षाको महत्वबारे नियमित अभिमुखीकरण गराउने।

स्थानीय सरकार तथा शैक्षिक निकायसँग संस्थागत समन्वय

तारकेश्वर गाउँपालिका, वडा कार्यालयहरू र विद्यालय व्यवस्थापन समितिसँग पारदर्शी सहकार्य गरी शैक्षिक नीति र कार्यक्रम कार्यान्वयन गर्ने।

जेष्ठ नागरिक तथा असहाय वर्गका लागि सामाजिक र स्वास्थ्य सहायता

बालबालिकाका साथसाथै गाउँका असहाय जेष्ठ नागरिकहरूलाई न्यानो कपडा, खाद्यान्न र आकस्मिक स्वास्थ्य उपचार सहयोग पुर्‍याउने।

सम्पन्न गरिएका मुख्य कार्यहरू (Featured Projects)

विगतका वर्षहरूमा सञ्चालित केही प्रमुख परियोजनाहरू तथा कार्यहरूको झलक

विपन्न तथा जनजाति, अपाङ्गता भएका छात्रछात्राका लागि पोशाक र छात्रवृत्ति वितरण
पोशाक तथा छात्रवृत्ति वितरण

विपन्न तथा जनजाति, अपाङ्गता भएका छात्रछात्राका लागि पोशाक र छात्रवृत्ति वितरण

तारकेश्वर-५ का ५० भन्दा बढी बालबालिकाहरूलाई न्यानो पोशाक, कापी, कलम तथा झोला हस्तान्तरण गरियो।

विपन्न वृद्धवृद्धाका लागि पोसाक, ओढ्ने र खाद्यान्न वितरण
जेष्ठ नागरिक तथा अपाङ्गता सहायता

विपन्न वृद्धवृद्धाका लागि पोसाक, ओढ्ने र खाद्यान्न वितरण

तार्केश्वर गाउँपालिका क्षेत्रका जेष्ठ नागरिकहरूलाई जाडो मौसममा न्यानो ज्याकेट, कम्बल र खाद्यान्न वितरण।

विद्यार्थीहरूलाई कम्प्युटर, किताब तथा सचेतनामूलक सहयोग
सचेतना र शिक्षा सहयोग

विद्यार्थीहरूलाई कम्प्युटर, किताब तथा सचेतनामूलक सहयोग

सामुदायिक विद्यालयहरूमा पठन संस्कृति विकासका लागि शैक्षिक सामग्री र बाल सचेतना कार्यक्रम।

जेष्ठ नागरिक तथा विरामी कुरुवा कम्बल एवं सहयोग सहायता
स्वास्थ्य तथा पुनर्स्थापना सहयोग

जेष्ठ नागरिक तथा विरामी कुरुवा कम्बल एवं सहयोग सहायता

त्रिशुली अस्पतालमा उपचाररत अशक्त बिरामी तथा कुरुवाहरूलाई न्यानो कपडा र ओढ्ने वितरण।